बीमाको रकम पाउनकालागि आफ्नै पत्तिको करेन्ट लगाएर हत्या

सांकेतिक तस्वीर

काठमाडौं।सप्तरीमा बीमाको रकम पाउनका लागि आफ्नै पत्तिको करेन्ट लगाएर हत्या गरेको घटना बाहिरीएको छ।

जिल्लाको कञ्चनरुप नगरपालिका–३ दास टोलमा एक महिलाले बीमाको रकम हात पार्न पतिको हत्या गरेको खुलेको छ। ईलाका प्रहरी कार्यालय कञ्चनपुरले पत्रकार सम्मेलन गर्दै सो घटना सार्वजनिक गरेको छ ।

स्थानीय कोशिलादेवी दासले आफ्नी देउरानी हिरनदेवी दास र नातामा भाउजु पर्ने शान्तिदेवी दासको सहयोगमा ३७ वर्षीय शिवशंकर दासको हत्या गरेको ईलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिए।