प्रगतिवादी कवि प्रकाश चापागाईंको एकल छन्द कविता वाचन कार्यक्रम सम्पन्न

चितवन। अक्षर समूह चितवनको संयोजनमा कवि प्रकाश चापागाईंको एक दर्जन एकल कविता वाचन कार्यक्रम भरतपुरको फोर सिजन पार्टी को सभाहलमा सम्पन्न भएको छ। कार्यक्रममा उपस्थित सम्पूर्ण साहित्यकारमा समालोचक उदय अधिकारीले स्वागत मन्तव्य राखेका थिए।

कार्यक्रमको बारेमा अनुभूति मन्तव्य त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरका उप प्राध्यापक डा. अशोक थापा, भरतपुर महानगरका प्रज्ञा प्रतिष्ठानको उपकुलपति कवि ईन्द्र रेग्मी, भुपिन खड्का, कर्ण बहादुर बाँनिया लगायतका स्रष्टाले राख्दै स्वर्गीय कवि चेतकान्त चापागाईंको कोकिल छन्दलाई स्मरण गर्दै कवि प्रकाश चापागाईंलाई उत्तराधिकारी कविको रूपमा चित्रित गरे।
