तामाङ पत्रकार संघले चितवनमा सात दिने तामाङ भाषा प्रशिक्षण कार्यक्रमको आज उद्घाटन

प्रेम प्रसाद कडेल

चितवन।तामाङ पत्रकार संघ चितवनको आयोजनामा सात दिने तामाङ भाषा प्रशिक्षण कार्यक्रमको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि संस्कृति पर्यटन तथा सम्पदा संरक्षण समिति भरतपुर महानगरका शाखा प्रमुख अधिकृत मधुराम दुवाडीले व्यानर पढेर कार्यक्रमको उद्घाटन गर्दै यस्तो कार्यक्रमले सभ्य समाजको निर्माणको आधार बन्ने बताउँदै भरतपुर महानगरले समन्वय गर्ने अवसर प्राप्त भएकोमा भाषा प्रवर्द्धनमा जोड पुगेको बताए। कार्यक्रममा विशिष्ट अतिथिहरु नेपाल पत्रकार महासंघ चितवनका सह सचिव एवम् तामाङ पत्रकार संघका केन्द्रीय सचिव उर्गेन तामाङ, नेपाल तामाङ घेदुङ चितवन जिल्ला अध्यक्ष बाबुराम थिङ्ग, नेपाल आदिवासी जनजाति महासंघ चितवनका अध्यक्ष राम बहादुर भुजेल, फोनिज चितवनका अध्यक्ष रमेश राना , पाख्रिन तामाङ समाज चितवन अध्यक्ष ज्ञान बहादुर पाख्रिन लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै यो कार्यक्रम नितान्त तामाङ भाषा संस्कृति साहित्य जगेर्ना गर्ने उद्देश्यले महत्वपूर्ण हुने बताए।

कार्यक्रमका अतिथि क्रान्तिकारी पत्रकार महासंघ चितवनका अध्यक्ष प्रेम प्रसाद कडेलले नयाँ सामाजिक संरचनात्मक दृष्टिकोणले यो महत्वपूर्ण हुने बताउँदै भाषा प्रशिक्षण कार्यक्रमको महत्व रहेको जसले राष्ट्रियता बलियो बनाउन मद्दत पुग्ने र मौलिकताको जगेर्नासँगै राष्ट्रिय एकता अभिवृद्धि गर्ने बताए। उक्त कार्यक्रममा अतिथिहरु नेपाल तामाङ घेदुङ चितवनका उपाध्यक्ष नरजंग तामाङ, सचिव सन्देश घलान, मत्स्य व्यवसाय संघ चितवनका सचिव लुलराज तामाङ, पत्रकारहरु सूर्य प्रकाश कडेल, राजेश बाबु घिमिरे, रेणु तामाङ,कमला गुरुङ, सबिता दरै लगायतका तामाङ समाजका महानुभावहरु उल्लेख्य सहभागिता रहेको कार्यक्रमका प्रमुख प्रशिक्षक कानुन व्यवसायी अधिवक्ता अजय कुमार तामाङले भाषा प्रशिक्षण कार्यक्रममा सहभागी सबैलाई भाषा ज्ञानको महत्व र आवश्यकता बताउँदै आजको भाषा प्रशिक्षण तामाङ भाषाको सामाजिक आन्दोलनको अंग भएको र भाषा विनिमयको आधार भएको उल्लेख गरे।

कार्यक्रम तामाङ पत्रकार संघ चितवनका अध्यक्ष बबिलाल तामाङ र सञ्चालन चितवन पोष्ट दैनिकका युवा पत्रकार तुलमान गुरुङले गरेका थिए।उक्त कार्यक्रम जेष्ठ २७ देखि असार १ गतेसम्म चल्ने आयोजक संस्थाका अध्यक्ष बबिलाल तामाङले बताए।