जेष्ठ नागरिक संघ भरतपुर उपशाखाको आयोजनामा स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न

प्रेम प्रसाद कडेल

चितवन। जेष्ठ नागरिक संघ भरतपुर महानगर वडा नं ४ उपशाखाको आयोजना र औषधि व्यवसायी संघ चितवन शाखाको सहयोगमा श्रीराम मन्दिर स्वास्थ्य चौकी लक्ष्मीपुरमा सम्पन्न हाड जोर्नी र नसा रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर साथै औषधि वितरण कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा संघिय केन्द्रीय अस्पताल भरतपुर अस्पतालका हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. मनोज कंडेल ,डा. सुवाश थापा , डा. झपेन्द्र सापकोटासहित दुर्गा चोक उपस्वास्थ्य चौकीका प्रमुख प्राविधिक अनुशा सुनार सहितको टिम र स्थानिय महिला स्वास्थ्य स्वयंसेविकाको सहजीकरणमा ११८ जना जेष्ठ नागरिक आमा बुबालाई उपचार र औषधिको सेवा प्रदान गर्नु भएको छ।

यस कार्यक्रममा भ म न पा ४ का वडा अध्यक्ष अर्पण पोख्रेल ,वडा सदस्यहरु राधादेवी कंडेल , विजय सापकोटा , जेष्ठ नागरिक संघका जिल्ला कोषाध्यक्ष बिष्णु रेग्मी, सदस्य अरुणकान्त पोख्रेल, राममन्दिर व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद खराल, औषधी व्यवसायी संघ चितवनका अध्यक्ष विनोद प्रसाद तिमिल्सिना र समाजसेवी नारायण प्रसाद अधिकारी लगायतको उपस्थिति रहेको थियो।
सहभागी एवम् सेवाग्राहीप्रति आभार व्यक्त गर्दै कार्यक्रमका अध्यक्ष प्रेमकुमार गैरेले सामाजिक उत्तरदायित्वप्रति डा मनोज कडेल, डा झपेन्द्र सापकोटा र डा सुवास थापाको नेतृत्वमा यो सेवा प्रदान गरेकोमा हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गरे।