प्रतिनिधिसभा बैठकमा आज अर्थमन्त्रीले बजेटमा उठेका प्रश्नको जवाफ दिने

काठमाडौं । प्रतिनिधिसभाको बैठक शुक्रबार पनि बस्दैछ ।बैठकमा आइतबार पनि बजेटमाथिको छलफल जारी रहने भएको छ।

सङ्घीय संसद भवन बानेश्वरमा बिहानविहान ११ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्षको आय ब्यय र राजश्वको अनुमानमाथि सांसदहरुले धारणा राख्ने कार्यसूचि रहेको छ।

अर्थमन्त्री डा। प्रकाशशरण महतले बजेटमाथिको छलफलमा उठेको प्रश्नहरुको जवाफ दिने कार्यसूचि पनि आइतबार नै रहेको छ।

यस्तै विनियोजन विधेयक र राष्ट्र ऋण उठाउने विधेयकमा सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने छ।त्यसपछि ती विधेयकहरुलाई निर्णायार्थ वैठकमा पेश गरिने छ।