कालिकोटमा बोलेरो दुर्घटना हुँदा चालकसहित ३ जनाको मृत्यु

सांकेतिक तस्वीर

काठमाडौं। कालीकोटको शुभकालीका गाउँपालिका– ६ को गविरा भन्ने ठाउँमा शनिबार राति लु १ च ८४९८ नम्बरको बोलेरो गाडी दुर्घटना भएको छ ।

दुर्घटनामा परी बोलेरो चालक शुभकालीका– २ का ३० वर्षीय हर्क बिक, शुभकालीका– ८ का ३१ वर्षीय रामबहादुर शाही र दैलेख नौमुले– ३ का बर्षका २५ गोपाल सलामी मगरको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डिएसपी जयश्वर रिमालले बताए ।

बेउली पान्तडी सडक खण्डको चौकी बजारबाट हाउडी हुँदै गाउँपालिका कार्यालयतर्फ आउँदै गरेको बोलेरो गाडी दुर्घटना भएको वडा नं.६ का अध्यक्ष दिप बहादुर शाहीले बताए।

उद्दारका लागि प्रहरी निरीक्षक यज्ञराज जोशीको टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय कालीकोटले बताएको छ ।