हुम्लामा ढुङ्गा लागेर एक जना बालकको मृत्यु

सांकेतिक तस्वीर

काठमाडौं। हुम्लामा ढुङ्गा खस्दा शनिबार साँझ एक बालकको मृत्यु भएको छ।

ढुङ्गाले लागेर सर्केगाड गाउँपालिका–८ राहदेवका १० वर्षीय भूपेन्द्र रोकायाको ज्यान गएको हो।

ढुङ्गाले लागेर अर्का एक बालक घाइते भएका छन् । घाइते हुनेमा सर्केगाड–८ कै ११ वर्षीय खनिल ऐडी रहेका छन्।

दुवैजना बाख्रा चराउन वनमा गएका थिए । रोकायाको घट्नास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए

ऐडीको दाहिने हात भाँचिएको छ। उनको स्वास्थ्य चौकी राहदेवमा उपचार भइरहेको छ।

आगलागी हुँदा रु एक लाख ६५ हजार बढीको क्षति।

यसैबीच हुम्लाको चङ्खेली गाउँपालिका–३ का वर्षबहादुर ऐडीको घरमा शुक्रबार आगलागी हुँदा रु एक लाख ६५ हजार बराबरको क्षति भएको छ। उनको एक तले घरमा आगलागी हुँदा घरको सम्पूर्ण सामान जलेर नष्ट भएको छ।

स्थानीयबासी मिलेर आगो निभाएका प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए। आगलागीबाट मानवीय तथा पशुचौपायाको भने क्षति भएको छैन।

मिमी प्रहरी चौकीको टोलीले घट्नास्थलमा पुगेर क्षतिको विवरण लिएको छ।