नेपाल प्रहरीको साख जोगाउन तल्लीन एसएसपी दानबहादुर कार्की

काठमाडौं। नेपाल प्रहरीमा हाल भइहेको व्यापक राजनीतीकरण र आन्तरिक गुटबन्दीले संगठनको छवि धुमिल भएका बेला नक्कली भुटानी शरणार्थी प्रकरणमा गहिरो अनुसन्धान गर्न सफल भएका काठमाडौंका एसएसपी दानबहादुर कार्कीले संगठनको साख जोगाएका छन्।

गृह मन्त्रालय,प्रहरी प्रधान कार्यालय र उपत्यका प्रहरीको सहयोगमा जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धानमा देखाएको साहसको चौतर्फी प्रशंसा गरिएको छ।

जसले गर्दा विगत केही वर्षदेखि धुमिलिएको प्रहरी संगठनको छवि सुधार्न र जनमानसमा प्रहरीका अधिकृत कुनै पनि काम गर्न सक्षम छन् भन्ने सन्देश प्रवाह भएको छ।

नक्कली भुटानी शरणार्थीका नाममा ठगी गिरोहले गृह मन्त्रालय नै कब्जा गरी नेपालीलाई शरणार्थी बनाएर अमेरिका पठाउने सपना देखाएर करोडौं रुपैयाँ असुलेको प्रकरणमा अनुसन्धान गर्ने, अनुसन्धान प्रतिवेदन बनाउने निकाय काठमाडौँ प्रहरी परिसर हो।

हाल परिसर प्रमुखमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कार्की छन्। यो प्रकरणमा सुरुवाती उजुरी लिएर अनुसन्धानमा खटिएको प्रहरीको अर्को निकाय उपत्यका अपराध अनुसन्धान कार्यालय हो।

उपत्यका अपराध अनुसन्धान कार्यालयको कमान्ड हाल एसएसपी डा.मनोज केसीले समाली रहेकाछन्। यी दुई प्रहरी अधिकारीहरुले विगतमा कमान्ड समालेका ठाउँमा अब्बल प्रमाणित भइसकेका छन्।

यसैगरी विभिन्न सञ्चारमाध्यममा काठमाडौ उपत्यकामा स्पा र मसाजसेन्टरको नाममा अवैध क्रियाकलापका साथै खुलम-खुल्ला यौन धन्दा सञ्चालन हुँदै आएको समाचार प्रकाशित भएपछि एसएसपी कार्कीले सुक्ष्म अनुसन्धान गरि गैरकानुनी कार्यगर्ने स्पा र मसाज सेन्टरलाई कारबाही अगाडि बढाएको स्राेतले बताएको छ।  

स्पा र मसाज सेन्टरकोको नाममा दिनदहाडै यौनजन्य गतिविधि गर्ने काठमाडौंको हबपइन्ट भनेर चिनिने बौद्धका विभिन्न मसाज सेन्टरमा छापा समेत हानेको पाइएको छ।

काठमाडौं जिल्लामा शान्ति सुरक्षाको लागि अहोरात्र खटिँदै आएका एसएसपी कार्कीको स्वच्छ समाज निर्माणका लागि उतिकै महत्त्वपूर्ण योगदान रहेको जानकारहरु बताउने गर्छन।