रुपन्देही प्रहरीद्वारा लाखौंको चोरीपैठारी गरी ल्याउँदै गरेको समान बरामद

काठमाडौं। रुपन्देही जिल्लाको कमाण्ड सम्हाली रहेका एसपी भरत बहादुर विकले नाकामा हुने चोरी पैठारी रोक्न शुन्य सहनशीलता अप्नाएका छन्।

एसपी विकले गरेको कार्यको केही दिनअगाडि एक अन्तरक्रिया कार्यक्रममा रुपन्देहीका उद्योगी व्यवसायीहरुले खुलेरै प्रसंशा समेत गरेका थिए।

रुपन्देहीमा खुला सिमानाबाट हुने तस्करीलाई ग्राउण्ड जिरोमा झार्नुका साथै जिल्लाको शान्ति सुरक्षाका लागि अहोरात्र खटिएका एसपी भरत बहादुर विकले नेपाल प्रहरी संगठनको साख जोगाएको समेत प्रहरीसंगठनमा बेला-बेलामा चर्चा चल्ने गरेको पाइन्छ।

नाकाबाट अवैध रुपमा चोरीपैठारी गरि राजस्व समेत छल्ने तस्कर हरुलाई कडाइका साथ निगरानी गर्ने क्रममा हिजो बिहीबार जेठ ३२ गते रुपन्देही प्रहरीले करिब ३० लाख बराबर को समान सहित तस्करी गर्न प्रयोग भएको गाडी समेत जफत गरेको छ।

जिल्ला प्रहरी कार्यलय रुपन्देही तथा इलाका प्रहरी कार्यलय धकधइ रुपन्देही बाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ भन्सार छलि चोरीपैठारी गरि ल्याउँदै गरेको अबस्थामा १,४९६,७००/ मुल्य बराबरको सामान बरामदगरी आबस्यक कारबाहीको लागि बरामद सामान सवारी साधन र मानिसहरु भैरहवा भन्सार कार्यलय बिलहिया रुपन्देही मा पठाएको छ।

जिल्ला प्रहरी कार्यलय रुपन्देही बाट खटिएको प्रहरी टोलीले हिजो बिहीबार दिउँसो १ बजे रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका वडा ५ बरुवा स्थित जिल्ला रुपन्देही ओमसतिया गाउँपालिका वडा नं ४ बस्ने वर्ष २२ को कुलदिप हरजनले चलाएको लु १ च ९५१८ नं को पिकअप गाडीमा अवैध रुपमा भारतबाट भन्सार छलि चोरीपैठारी गरि ल्याउदै गरेको अबस्थामा ८५ पेटी गाडी सहित ७,६८,०००/  बराबरको समान बरामद गरेको छ।

यस्तै इलाका प्रहरी कार्यलय धकधइ रुपन्देहीबाट खटिएको प्रहरी टोलिले गत बुधबार ३१ गते ५ बजे जिल्ला रुपन्देही ओमसतिया गाउँ पालिका वडा नं ५ स्थितिमा जिल्ला तनहुँ भिमाद नगरपालिका वडा नं ३ बस्ने वर्ष ४३को नेत्र बहादुर थापाले चलाएको ग १ ख ८९९१ को महेन्द्र गाडीमा अवैध रुपमा भारत बाट नेपाल तर्फ भन्सार छलि चोरीपैठारी गरि ल्याउँदै गरेको अबस्थामा ४९ बोरा युरिया मल गाडि सहित अन्दाजी मुल्य ७,२८,७००/ बराबरको समान बरामद गरेको छ।