देउराली सहकारीका अध्यक्षले गरे ५० बढी मिटरव्याजी विरुद्ध उजुरी

काठमाडौं। ललितपुर जिल्लाको सातदोबाटोमा केन्द्रिय कार्यालय रहेको देउराली बहुउदेश्यिय सहकारी संस्थाका अध्यक्ष रविन्द्र चौलागाइले आफुलाई आर्थिक शोषण गर्ने ५० भन्दा बढी मिटरब्याजी विरुद्ध सम्बन्धित सरकारी निकायमा उजुरी दिएका छन्।

आफु समस्यामा परेका बेला विभिन्न व्यक्तिहरुले धाकधम्की दिइ् अनुचित लेनदेन (मिटरब्याज) असुली गरेपछि उनले उनीहरु विरुद्ध उजुरी दिएका हुन्। त्यसउपर कानुनी कार्वाही हुने उनले विश्वास लिएका छन।

विषेशगरी गत साल बैशाखदेखि समस्यामा परेको देउराली सहकारीका बचतकर्ताहरुको रकम घरजग्गामा फसेपछि उनीहरुको निक्षेप फिर्ता गर्ने दबाबमा विभिन्न ब्यक्तिहरुबाट उनले पैसा सापटी उठाएका थिए। तर उनीहरुले भने चर्को मिटरब्याजको पासोमा आफुलाई पारेको अध्यक्ष रविन्द्र चौलागाइले बताए।

त्यसैगरी उनले देउराली सहकारीबाट ठुलो मात्रामा ऋण लिएर नतिर्नेहरु विरुद्ध पनि कानुनी उपचारको प्रक्रिया अघि बढाएको बताएका छन्।

उनी भन्छन्” हाम्रो सहकारीले अब ५० करोड रुपैयाँ संस्थाको बचतकर्ता हरुको रकम फिर्ता गर्नु छ” यदी हामीले प्रवाह गरेको कर्जाको रकम सहज रुपमा फिर्ता हुने हो भने कसैका पनि पैसा भुक्तानी बाँकी हुनेछैनन्।

निक्षेपकर्ताहरुले एकै पटक ठुलो रकम निकालेपछि चौलागाइले बचतकर्ताहरुको पैसा फिर्ता दिने क्रममा बैंकहरुबाट नीजि कम्पनीका नाममा लिइएका कर्जा, बजारबाट उठाएका पैसाले ठुलो रकम फिर्ता समेत गरेका हुन्।

अहिले सहकारीबाट कर्जा लगेका ऋणिहरुले कर्जा नर्तिने उदेश्यले विभिन्न दलका नेता, उच्चपदस्थ व्यक्तिहरु र नामचलेका गुण्डाहरु समेत लगाएर उल्टै थर्काउने,धम्क्याउने काम थालेको उनले बताए। तर, आफु सबै बचतकर्ताको बचत फिर्ता गर्न बजारमा प्रवाह भएका कर्जा रकम उठाउने कुरामा कडा ढ्ङ्गले लाग्ने बताएका छन्।

चौलागाईं भन्छन् सबै बचतकर्ताहरुको बचत रकम फिर्ता गर्नुनै पर्छ त्यसका लागि सहकारीबाट ऋण खाएकाहरुले अनिवार्य ऋण तिरुन्, अन्यथा कानुनी कार्वाहीको लागि लाग्ने छौ।

उनीहरुले कर्जा रकम फिर्ता गरे बचतकर्ताको रकम पनि फिर्ता गर्न सहज हुने चौलागाइले बताए । त्यसैगरी उनले आफुलाई सुरक्षामा चुनौती आएपछि जिल्ला प्रशासन कार्यालय ललितपुरबाट सुरक्षाको ब्यवस्थाका लागि निवेदन समेत दिएको बताएका छन्।

उनी भन्छन् कसैका पनि धाकधम्कीबाट डराइदैन । सरकारले आफुले मिटरब्याजी विरुद्ध हालेका मुद्धाको छिटो छिनो फानो गरोस् । त्यसो हुँदा सर्बसाधारण जनताको बचत फिर्ता गर्नु पर्नेहरुलाई हामी छिटो नै सम्बोधन गर्न सक्छौ– उनले भने।

त्यसमा सरकारकको पनि सहयोग हुनुपर्ने उनले बताए । देउराली सहकारी तथा विभिन्न कम्पनीमा कार्यरत कर्मचारी, कर्जा लिने ब्यक्तिले अनुचित कारोबारमा डरधम्की देखाइ ठुलो रकम लैजाने मिटरब्याजीलाई हरहालतमा सरकारले कार्वाही गर्नुपर्ने उनले बताए।

सहकारीबाट ऋण लगेर भएर पनि नतिर्नेहरुलाई कार्वाही अघि बढाइने र तत्काल नसक्नेहरुलाई केही समय दिइने पनि उनले बताए।

उजुरु जाहेरी भएकाहरु बेलैमा मिलापत्र गर्न आएमा, रकम फिर्ता गरेमा भने कार्वाही अघि नबढाइने उनले सुनाए। तर कानमा तेल हालेर बसेमा भने उनीहरुको नाम ठेगााना सहित सार्वजनिक गरिने उनले बताए।

देउरालीले हालसम्म ठुलो रकम फिर्ता गरिसकेको र बाँकी रहेकाहरुको पनि एकएक रुपयाँ चुक्क्ता गर्न लागि परेको उनले बताए ।