हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालयले सञ्चालन गरेको दुइ दिने उद्घोषण तालिम सम्पन्न

भरतपुर ।चम्पानगरमा रहेको हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालयले आफ्नै विद्यार्थीहरुलाई सञ्चालन गरेकाे दुइ दिने उद्घोषण कला तालिम सम्पन्न गरिएको छ। विद्यार्थीको वालकलासंगै सिर्जनात्मक क्षमताको विकासका लागि शुक्रबार र शनिबार गरि विद्यालयले  दुइ दिन अतिरिक्त क्रियाकलाप अन्तर्गत तालिमको आयोजना गरिएको हो।

विद्यार्थीहरुलाई उद्घोषणकला, उद्घोषकमा हुनुपर्ने गुण, आत्मविश्वस कसरी बढाउने,औपचारिक र अनौपचारीक कार्यक्रम सञ्चालन कसरी गर्ने भन्ने विषय तालिममा सिकाईएको प्रशिक्षक एवम् नयाँ पत्रिकाकामा कार्यरत पत्रकार विवेक पोख्रेलले जानकारी दिए।

कक्षा ८ देखि १० सम्मका करिब ५० विद्यार्थी तालिममा सहभागी थिए। तालिमको पहिलो दिन सैद्धान्तिक र दोस्रो दिन प्रयोगात्मक ज्ञान प्रदान गरिएको पशिक्षक प्रोख्रेलले बताए।

विद्यालयका प्राचार्य भानुभक्त सुवेदीले गाउँ समाजमा आयोजीत कार्यक्रम र आफ्ना कुरा समाजमा गएर निर्धक्क रुपमा प्रस्तुत तालिम सफल भएको बताएका छन्।

उनले विद्यालयमा हुने हरेक कार्यक्रम विद्यार्थीहरुलाईनै उद्घोषक बनाएर संचालन गर्ने प्रयास समेत गरिने बताए।तालिमबाट सिकेका कुराले उद्घोषण कलाको विकाससंगै हौसला बढेको सहभागी विद्यार्थीहरुले बताएका छन्।

यस विद्यालयमा पछिल्लो समय पढाईंसंगै अतिरिक्तपलाई जोड् दिदैँ आएको छ। जस अनुसार तेक्वान्दो र भलिबल खेलको नियमित प्रशिक्षण विद्यालयले विद्यार्थीलाई प्रदान गरिरहेको छ।

यस्तै, नृत्य र बाध्यबाधनको परिक्षणमा पनि विद्यालयले चासो दिएको छ। भरतपुर महानगरपालिका वडा नम्बर १३, चम्पानगरमा रहेको यो विद्यालय जिल्लाकै उत्कृष्ट मध्येको एक सामुदायिक विद्यालय हो। अंग्रेजी र नेपाली दुबै भाषामा पढाई हुने यस विद्यालयमा १ हजार विद्यार्थी छन्।