सामाजिक सञ्जालका अफवाहबाट सचेत रहन टेलिकमको आग्रह

काठमाडाैं। नेपाल टेलिकमले एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा आएको अफरको सूचनाबारे सचेत रहन आग्रह गरेको छ।

अहिले सामाजिक संजालमा नेपाल टेलिकमको नाममा “वार्षिकोत्सवको अवसरमा सही खाम चयन गरी नगदै रुपैयाँ प्राप्त गर्नुहोस” भन्ने सुचना गलत रहेको कम्पनीले उल्लेख गरेको छ।

नेपाल टेलिकमका आधिकारिक फेसबुक, ट्विटर लगायतका सामाजिक सञ्जालमा उपलब्ध गराइएका प्याकेज अफर, क्वीज र उपहार बाहेक अन्यत्र प्रकाशित पुरस्कार एवं उपहार प्रदान गर्ने सम्बन्धी कार्यक्रम कम्पनीले सञ्चालन नगरेको जानकारी टेलिकमले सूचनामा उल्लेख छ।

टेलिकमले आधिकारिक ब्लु टिक सहितको फेसबुक र ट्विटर लगायतका सामाजिक सञ्जाल तथा कम्पनीको “मोबाइल एप“ मा राखिएका सूचनाहरूलाई मात्र आधार मानेर कम्पनीका जानकारीहरू प्राप्त गर्न पनि ग्राहकलाई आह्वान गरेको छ।