तानातान र हानाहान: साँझमा रमाइलो गर्न निस्कँदा मध्यरातमा तनाव,प्रहरी नै हैरानीमा

काठमांडौ। सम्साँझै क्लवमा गएर रमाइलो गर्ने उद्देश्यले निस्केको एउटा समूह आफू-आफूबीचको असमझदारीकै कारण तनाव सृजना हुँदा प्रहरी हैरानीमा परेको खबर छ।

आफूलाई पिडीत दावी गर्नेहरुकै अनुसार मंगलबार बेलुकी युवायुवतीको समूह परिवारकै स्वीकृतीमा रात्री क्लवमा रमाइलो गर्न निस्कन्छन्। क्लवमा पिय पदार्थको मूल्य महंगो पर्ने भएकाले उनीहरु हल्का ‘मापसे’ गर्न सुनधारास्थित पोखरा लाईनको रारा गेष्ट हाउसमा जान्छन्।

होटलमा हल्का ‘मापसे’ गरी क्लवमा जाने उनीहरुबीच सहमती हुन्छ। आफू-आफू मिलेरै रमाइलो गर्न निस्केका दुई युवती र दुई युवकको समूहले रारा गेष्ट हाउसको माथिल्लो तलामा रहेको कोठामा ‘मापसे’ गर्छन्, कोठाभित्रै आफू-आफू हल्काफुल्का गाउने र नाच्ने पनि गर्छन्।

त्यहीबीच युवकले एक युवतीमाथि नाच्ने क्रममा ‘मिस बिहेव’ गरेको आरोप लाग्छ। श्रीमानकै सल्लाहमा क्लव हिँडेकी युवतीले आफूमाथि ‘मिस बिहेव’ भएको जानकारी श्रीमानलाई मोवाइलमा कल गरेर जानकारी गराउँछिन्।

उनी नाच्न छाडेर रिसाउँदै तल झर्छिन् र होटल सञ्चालकलाई आफूसँग जाने पुरुषलाई बाहिर निस्कन नदिन भन्दै होटल परिसरमै रोक्न निर्देशन दिन्छिन् र भन्छीन,पुलीसलाई खबर भइसक्यो।तर, ती युवतीको निर्देशन होटल सञ्चालकले टेर्दैनन्।

टेरुन पनि किन ? मध्यरातको एक बजे प्रहरी होटलमा आएको खण्डमा प्रहरीको तिर होटलवालातिरै सोझिन सक्छ। सायद त्यही ठानेर होला, होटलवालाले ती पुरुषलाई रोकछेक गर्दैनन्, पुरुष सरासर बाहिरीन्छन्।

बरु, त्यसैबेला आफूमाथि होटल सञ्चालकले के-के भनेर मुख छाडेको आरोप ती युवतीले लगाएकी छिन्। त्यसै क्रममा आफ्नो एक तोलामा दुई लाल कमको मंगलसुत्र होटल सञ्चालकले हात हाल्ने क्रममा हराएको दावी सहित कारवाहीका साथै आफ्नो समानको क्षतीपूर्ति दिलाई भराई दिन प्रहरी वृत्त, जनसेवामा निवेदन सहित पुगेको अवस्था छ।

उता, प्रहरीले होटल सञ्चालकलाई डाकेर घट्ना बारे बुझ्दा उल्टै युवतीमाथि दोषारोपण गरिएको र आफ्ना तर्फबाट कुनै हातपात नभएको भन्दै दावीकै कुरा गर्ने हो भने आफ्नो पनि सिक्री हराएको भन्दै निवेदन हाल्ने बताइरहेको अवस्था छ।

होटलबाट प्रहरीले प्राप्त गरेको सिसिटीभीमा हातपात भएको वा मंगलसुत्र लगाएर गए नगएको अवस्था देखिन्न। प्रहरी यहीनेर अलमलमा परीरहेको छ।

होटल व्यवसायीको समूह नै प्रहरी वृत्त, जनसेवा पुगेर समान्य विषयलाई चर्काएर विवादीत तुल्याउने हो भने आफूहरु पनि अघि बढ्ने चनौति दिएका छन् भने आफूलाई पिडीत दावी गर्ने युवतीको समूहले नेकपा विप्लवको धम्की र दबाब दिन थालेको अवस्था छ।

जनसेवा प्रहरी दुवैतर्फको चेपुवामा पर्दा प्रहरी चौकीमा भिडभाड र तनाव मात्रै सिर्जना भइरहेको अवस्था छ।