सामुदायिक विद्यालयलाई आफूखुशी शुल्क नलिन बारबर्दिया नगरपालिकाको निर्देशन

सांकेतिक तस्बिर

काठमाडौं। बर्दियाको बारबर्दिया नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयलाई आफूखुशी कुनै पनि शुल्क नलिन निर्देशन दिएको छ।

आधारभूत तह अनिवार्य तथा निःशुल्क र माध्यमिक तहसम्म निःशुल्क घोषणा गरिएको स्मरण गराउँदै पालिकाले एक सूचना निकालेर यस्तो निर्देशन दिएको हो।

नगरपालिकाले विद्यार्थी भर्ना शुल्क, मासिक पढाई शुल्क, परीक्षा शुल्क, पाठ्यपुस्तक शुल्क जस्ता कुनै पनि बहानामा शुल्क नलिन निर्देशन दिएको छ।

अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन, २०७५ र अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी नियमावली, २०७७ मा उल्लेख भएबमोजिम शुल्क नलिन पालिकाले सचेत गराएकोे शिक्षा, युवा तथा खेलकुद विकास शाखा प्रमुख टीकानाथ गोसाईले जानकारी दिनुभयो।

पालिकाबाट जारी निर्देशन विपरीत कोही कसैले शुल्क लिएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाहीको चेतावनी दिइएको छ।