छात्रामाथि बलात्कार गरेको आरोपमा एकजना शिक्षक पक्राउ

सांकेतिक तस्वीर

काठमाडौं। ललितपुरमा कक्षा ९ मा पढ्ने छात्रामाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक जना शिक्षकलाई पक्राउ गरेको छ।

लिटल फ्लावर स्कुल, शंखमुलमा पढ्ने नाबालिग छात्रालाई बलात्कार गरेको आरोपमा प्रहरीले मंगलबार शिक्षकलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शिद्धीबिक्रम शाहले जानकारी दिए।

पक्राउ पर्नेमा बागलुङ घर भई ललितपुरको कुपण्डोलमा बस्ने २३ वर्षीय अशोक परियार छन्। उनी गणित पढाउँथे।

नाबालिग छात्रालाई प्रेमको प्रलोभनमा पारी बलात्कार गरेको भन्दै परिवारले आज प‍रिसरमा जाहेरी दिएका थिए।जबरजस्ती करणीको कसुरमा जाहेरी दिनुभएको छ।

प्रेम सम्बन्धको नाममा बलात्कार गरेको भनेर आएको छ,एसएसपी शाहले भने,‘परिवारले थाहा पाएपछि परिसरमा आउनुभएको हो। जाहेरी दिएसँगै प्रहरीले शिक्षक परियारलाई हात्तीवनबाट पक्राउ गरेको हो।