एमालेसँग गठबन्धन कुनै हालतमा हुन सक्दैन :स्वास्थ्य मन्त्री बस्नेत

फाइल तस्वीर

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले नेकपा एमालेसँग मिलेर नयाँ सरकार बनाउन लागेको हल्ला सत्य नभएको बताउनुभएको छ।

सर्लाहीको कौडेनामा मंगलबार नगर अस्पतालको उद्घाटन गर्दै मन्त्री बस्नेतले वर्तमान गठबन्धन नै कायम रहने दाबी गर्नुभयो।

नेकपा एमालेमा बस्न नसकेर यसअघि समाजवादी तथा माओवादीका नेताहरु समेत बाहिरिएकाले त्यस्तो काउसो जस्तो पार्टीसँग कांग्रेस मिल्नै नसक्ने उहाँले बताउनुभयो । कार्यक्रममा खानेपानी मन्त्री महिन्द्र राय यादवले पनि यो गठगन्धन कायम रहने बताउनुभयो।

यो सरकारले नागरिकताको समस्या समाधानसहित जनताका समस्या हल गर्दै अघि बढिरहेको मन्त्री यादवले उल्लेख गर्नुभयो। गाउँपालिकाले १ करोड ७९ लाख रुपैयाँ लागतमा १५ बेडको अस्पताल निर्माण गरेको हो।