भ्रष्टाचारको फाइल खुलेपछि सरकारविरुद्ध रवि लामिछाने ?

फाइल तस्वीर

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अहिलेको सरकारले जनपक्षीय काम गर्न नसकेको र सत्ता जोगाउने खेलमा मात्र सीमित रहेको आरोप लगाउदै आफ्नो पार्टी सत्ता फेरबदलको पक्षमा नलाग्ने जिकिर गरेका छन्।

भ्रष्टाचारका फाइल खोल्ने सर्तमा सरकारलाई समर्थन दिएको बताउने रविले सरकारले विभिन्न काण्डका फाइल खोल्न थालेपछि भने सरकारले गरेका यस्ता कामलाई सघाउनुको सट्टा उछितो काढ्ने काम गर्न थालेका छन्।

मिश्रित जनमतका कारण पाँच वर्षसम्म सरकार फेरबदल भइरहने बताएका रविले रास्वपा सरकार फेर्ने काममा सहभागी नभएको जिकिर गरेका छन्।

भ्रष्टाचार, अनियमितता र विकासमा नयाँ आयाम ल्याउने दाबी गरेका रविले नक्कली शरणार्थी प्रकरण, ललिता निवासको जग्गा प्रकरण लगायतका कामलाई खुलेर सहयोग गर्ने बचन दिन सकेका छैनन। अझ उनले अनुसन्धानमाथि नै प्रश्न उठाइरहेका छन्।