प्रचण्डसँग बिच्किएका बाबुरामको नयाँ दौड,सिद्धान्त र विचार मिल्नेसँग पार्टी एकता गर्ने

फाइल तस्वीर

काठमाडौं। माओवादी केन्द्रसँग पार्टी एकताको तहसम्म पुगेका नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले समाजवादी मोर्चामा नसमेटिएपछि नयाँ राजनीतिक बाटो पहिल्याउने प्रयास थालेका छन्।

भट्टराईको पार्टीले नीति, सिद्धान्त र विचार मिल्ने पार्टी तथा समूहसँग संवाद,सहकार्य बढाउँदै ध्रुवीकरणका लागि पहल गर्ने भएका छन्।

मुद्दा मिल्ने पार्टीहरूसँग मोर्चा बनाएर अघि बढ्ने योजना समेत बनाइएको नेपाल समाजवादी पार्टीका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले जनाएका छन्।

मुद्दा मिल्ने पार्टीहरुसँग मोर्चा बनाउने नीति अख्तियार गरेका बाबुरामले समाजवादी मोर्चामा आफू सहभागी हुन तयार हुँदा पनि प्रचण्डले वास्ता नगरेका कारण छुटेको ठानेका छन्।

यता प्रचण्डले पनि जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले असहज ठानेपछि उनी मोर्चामा नसमेटिएको बताएका थिए।