संसदप्रति दिक्दार देखिए सीके राउत

फाइल तस्वीर

काठमाडौं। जनमत पार्टीका अध्यक्ष सीके राउत ‘मिडिया होलीडे’ मा बसेका छन्। संसद् र सार्वजनिक बहसबाट वितृष्णा बढेकाले आफू ‘मिडिया होलीडे’ मा बसेको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्।

संसदमा जति बोले पनि, महिनौँ छलफल गरे पनि,ठूलठूला प्रमाण देखाएरै जति टेबल ठटाए पनि केही नहुने भन्दै उनले संसदमा बोलेर सानोभन्दा सानो काम पनि हुन नसकेको बताए।

उनले अब संसदमा बोल्ने रुचि नरहेको भन्दै संगठन विस्तार गर्ने र संख्यात्मक उपस्थिति बढाउनेप्रति केन्द्रित हुनुपर्ने समेत बताए ।