मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय महिला फुटबल टिम ढाका प्रस्थान

फाइल तस्वीर

काठमाडौं । बंगलादेशसँगको दुईवटा मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोली त्यसतर्फ प्रस्थान गरेको छ।

दुई मैत्रीपूर्ण खेलका लागि ३१ सदस्यीय टोली बंगलादेश ढाका प्रस्थान गरेको हो।

नेपालले बंगलादेशसँगको मैत्रीपूर्ण खेललाई एशियाली खेलकुदको तयारीका रुपमा समेत लिएको छ।

बंगलादेशको ढाकामा पहिलो मैत्रीपूर्ण खेल बिहीबार र दोस्रो खेल आइतबार हुनेछ।

गत भदौमा घरेलु मैदानमा भएको साफ च्याम्पियनसिपको फाइनलमा नेपाल बंगलादेशसँग ३–१ ले पराजित भएको थियो।

नेपाल त्यो हारको बदला उसकै घरेलु मैदानमा लिने लक्ष्यमा छ।

महिला फुटबल टोली

गोलकिपर– एन्जिला तुम्बापोा सुब्बा, अन्जना राना मगर, उषा नाथ

डिफेन्डर – अमृता जैसी, गिता राना, हिराकुमारी भुजेल, पुजा राना, विमला विक, निशा थोकर, समिक्षा घिमिरे, अञ्जली वाइवा

मिडफिल्डर – रेनुका नगरकोटे, सरु लिम्बु विमला चौधरी, अनिता बस्नेत, प्रिति राई, दीपा शाही

फरवार्ड – सावित्रा भण्डारी, अनिता केसी, सविता राना मगर, रश्मीकुमारी घिसिङ, अमिषा कार्की, रेखा पौडेल

प्रशिक्षक – अनन्त राज थाप (मुख्य प्रशिक्षक), पारस चौधरी (सहायक प्रशिक्षक), सुरजकुमार लामा (गोलकिपर प्रशिक्षक)।