देउराली सहकारीका बचतकर्तालाई ६ महिना भित्र रकम फिर्ता गर्ने अध्यक्ष चौलागाईं प्रतिबद्धता,अफवाह पछि नलाग्न आग्रह

काठमाडौं। केही समयदेखि तरलताको संकट खेपिरहेको ललितपुरको सातदोबाटोस्थित केन्द्रीय कार्यालय रहेको देउराली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रविन्द्र चौलागाईँले सहकारीका बचत कर्ताहरुको गुनासालाई ध्यान दिँदै गुनासो सम्बोधन स्वरुप पुन: एक विज्ञप्ति जारी गरेका छन्।

अध्यक्ष चौलागाईंले जारी गरेको विज्ञप्तिको शिर्षकमा भनिएको छ: देउराली बहुउद्देश्यीय सहकारी र अध्यक्ष चौलागाईं विरुद्ध लेखिएका विभिन्न समाचारको घोर भर्त्सना गर्दछौं।

चौलागाईंले जारी गरेको विज्ञप्तिले स्पष्ट पारिसकेकाे छ, देउराली सहकारीका संञ्चालकहरुका साथै उक्त सहकारीका अध्यक्ष चौलागाईं विरुद्ध नियोजित रुपमा केही सञ्चारमाध्यम र शक्ति लागि परिरहेकाे उल्लेख छ।

विभिन्न समाचार माध्यमहरुमा आएका भ्रमक समाचार र सहकारीका बचतकर्ताहरुको भ्रमलाई चिराफारा गर्न अध्यक्ष चौलागाईंले विज्ञप्ति जारी गरेको जनाएका छन्।

देउराली बहुउद्देश्यीय सहकारीको फिर्ता गर्न बाँकी केही रकमको विषयलाई लिएर सहकारीलाई मार्ग निर्देशन गर्ने सहकारी विभाग बानेश्वरले देउरालीका संञ्चालकहरुलाई बोलाई छलफल गरी बाँकी रहेको केही रकम क्रमिक रुपमा पौष मसान्तसम्म फिर्ता गरि सक्ने गरी कागजी प्रक्रिया गरिएको छ। उनले सार्वजनिक गरेको निक्षेप फिर्ताको योजनामा दुई चरणमा दुई विकल्प दिएर ब्याजसहित साँवा फिर्ता गर्ने उल्लेख छ।

उपरोक्त सम्बन्धमा गत असार १७ गते देउराली सहकारीको पिडितहौं भन्दै सहकारी रजिस्ट्रार कार्यालय गएर त्यहाँ कार्यरत कर्मचारीलाई अमानवीय व्यबहार गरि सिआइवीलाई पत्र पठाउन लगाएको र सहकारी विभागले छलफलको लागि बोलाएको विषयमा विभिन्न सञ्चार माध्यमले अफहवा फैलाएकोले हामी संञ्चालक समिति स्वयं रजिस्ट्रार कार्यलयमा उपस्थिति भई सहकारीको हालसम्मको कार्यविवरण वुझाई सहकारीको बचतकर्ता अर्थात पिडित पक्ष,संञ्चालक समिति र सहकारी विभाग विच भएको तृपछिय छलफल पश्चात् आगामी ६ महिनाको बचत फिर्ता कार्ययोजना बुझाएकोले अना-आवश्यक अफवाहको पछि नलाग्न र बैंक तथा वितिय सँस्थाको विषयमा पनी सबै सङ्ग सम्पर्कमा रहि तदारुपताका साथ कार्य गरीरहेको हुनाले यो सबै अफवाह हो भन्ने कुरा पुष्टि गरेका छौ विज्ञप्तिमा भनिएको छ। 

बचतकर्ताहरुलाई ढुक्क पार्दै अध्यक्ष चौलागाईंले प्रेषित विज्ञप्तिमा उद्घोष गरेका छनकी,बचतकर्ताहरुको आगामी श्रावण महिनामा व्याजको केही रकम र पौष मसान्तसम्ममा बाँकी रकम, नगद तथा जग्गाबाट फिर्ता गरिने प्रतिबद्धता व्यक्त गर्दछौ।

विज्ञप्तिमार्फ चौलागाईंले भनेका छन् “देउराली बहुउद्देश्यीय सहकारी संस्थामा कार्यरत कर्मचारीहरु जसले लगानी गरेका छन् – वर्षौ-वर्ष काम गर्दा नउठेको लगानी संस्थाको सम्पत्ति अपचलन गरि संस्था विरुद्ध सदस्यहरुलाई विभिन्न गलत प्रचार गरी संस्था र सहकारीका अध्यक्ष प्रति गरेको अपमानको विरुद्ध उक्त व्यक्ति तथा कर्मचारीलाई कारवाहि अगाडि बढाईएको जनाएका छन्।

संस्थालाई अप्ठ्यारो परेकोबेला आर्थिक कारोबारमा जोडिएर ठूलो मात्र नगद तथा सम्पत्ति लिने अनुचित लेनदेनको कारोबार गर्ने लाई मुद्दा दर्ता गरेका छौं। साथै सदस्यहरुको साथ र सहयोगमा सहकारी विभागले तोकिएको समय अगावै बाँकी रहेको बचत रकम फिर्ता हुने प्रतिद्वता जनाएका छन्।

सदस्यहरुलाई धैर्यताका साथ विगतमा जस्तै देउराली बहुउद्देश्यीय सहकारी संस्थालाई माया गरीदिनु हुन अनुरोध गर्दछौं अध्यक्ष चौलागाईंले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेका छन्।

विज्ञप्तिमा थप्दै चौलागाईंले सहकारीका कर्मचारीहरुका साथै ऋणीहरुलाई समेत आग्रह गरेका छनकी हाम्रा कर्मचारीहरुको सम्पर्कमाआई सहकारी विभागले दिएको निर्देशन अनुसार आगामी श्रावण मसान्तभित्र ऋणीहरुले आफ्नो ऋणको व्याज रकम फिर्ता गर्नुहुन अनुरोध गर्दछौं अन्यथा सहकारीको ऐननियम अनुसार कारबाही अगाडि बढाउने छौ।

देउराली बहुउद्देश्यीय सहकारीका अध्यक्ष चौलागाईं भन्छन:

२०७९ साल असार महिना देखि आर्थिक समस्यामा परेको देउराली बहुउद्देश्यीय सहकारी र विभिन्न व्यावशायमा आबद्ध सहकारीको म अध्यक्ष विरुद्ध विभिन्न मिटर व्याजी, गलत नियत भएका अनलाइन समाचार पोर्टलहरुले चौलागाईं भागेको ,बैंकको सम्पर्कमा नआएको र सिआईवीले पक्राउ पुर्जी जारी गरेको जस्ता समाचार प्रकाशित गरि देउराली सहकारीसँग आबद्द सदस्य, लगानी कर्ता ,बैंक तथा वितिय संस्थाहरुलाई अफवाह फैलाएकोमा घोर भर्त्सना गर्दछु।

चौलागाईंले देउराली सहकारीको विषयमा प्रकाशित समाचार र सहकारीका संञ्चालकहरु माथि लगाएको दोष मित्था भएक‍ो आरोप लगाएका छन्।

अध्यक्ष चौलागाईं आफू लगाएत संञ्चालक समूह सहित सहकारी विभाग गएर सहकारी विभागका रजिस्ट्रार नमराज र देउराली सहकारीका बचतकर्ताहरु अर्थात पिडित समूहबीच छलफल समेत गरेक‍ो बताएका छन्।

उनले भनेका छन् आगामी ६ महिना भित्र क्रमिक रुपले जस्तै श्रावण मसान्तभित्र साँवाको व्याज र आगामी पौष मसान्तभित्र जग्गा जमिन र नगद दिई बाँकी रकम फिर्ता गरि सक्ने भनी सहकारीको सञ्चालकहरूले आ-आफ्नो श्रीमती र साथी सहयोगीको नाममा रहेको जग्गा र नगद गरि फिर्ता गर्ने, साना बचत कर्ताहरुलाई प्राथमिकतामा राख्ने गरि सम्झौता भएको छ।

छलफल बारे थप्दै चौलागाईं भन्छन्,मैले मेरो व्यक्तिगत अर्थात निजी व्यावसायको लागि उपत्यकाको विभिन्न ठाउँको अरबौं मुल्यांकन हुने जग्गा धितो स्वरुप राखी एक चौथाई बराबर केहि ऋणलिएकोमा सहकारीका बचतकर्ताहरुको बचत रकम फिर्ता गर्ने सिलसिलामा व्यवसायमा केहि शिथिलता आएपनि ऋण लिएको सबै बैंकहरुमा सम्पर्कमा रहि उक्त बैंकहरुमा रोक्का रहेको धितो बापतको जग्गा बैंक र आफूहरु मिलि चाँडै फुकुवा गरेर सहकारीक‍ो समस्या चाँडै समाधान गर्ने छौं।

अध्यक्ष चौलागाईं भन्छन्,देउराली सहकारी संंस्थामा आजका मिति सम्म गरेका कार्य प्रगति र बचतकर्ताहरुको बाँकी बचत रकम कसरी फिर्ता गर्ने कार्ययोजना सहित काठमाडौंको नयाँबानेश्वरमा रहेको सहकारी विभागमा कागजी कार्य गरेका छौं।

कागजि कार्यबाट हौसिएका चौलागाईं भन्छन् ,सहकारी विभाग देउराली सहकारी प्रति सकरात्मक रुपले अगाडि बढेकोछ देउराली सहकारीले बचतकर्ताहरुको ठुलो रकम फिर्ता गरि सकेक‍ो र बाँकी रकम फिर्ता गर्न ६ महिनाको समय सिमा दिनुका साथै विभागले पनि साथ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकाे छ।

यता देउराली सहकारी समस्यामा परेपछि विभिन्न राजनीति दलको आडमा केही आर्थिक सहयोग गरि सहकारीबाट करोडौं-करोड रुपैयाँ संञ्चालकहरुलाई डर धम्की देखाई लैजाने र संस्थालाई रकम सहयोग गर्छु भनी जग्गा, गाडी ,घर घँडेरी आफ्नो नाममा पास गरी खालि चेक लिई व्लाकमेल गर्ने व्यक्तिहरु ,संस्थामा लगानी गरेको रकम नउठाई हिनामिना गरि अर्को संस्था ख‍ोलि देउरालीलाई समस्यमा पार्ने मिटर व्याजी संञ्चालकहरुलाई मुद्दा समेत चलाए लगत्तै देउरालीका बचतकर्ताहरुलाई विभिन्न आर्थिक प्रलोभन देखाई सहकारी विभाग लगेर त्यहाँको कर्मचारी माथि अभद्र व्यवाहार गरि पत्र लेख्न लगाएको चौलागाईंको आरोप छ। उनी भन्छन् यस्ता व्यक्तिहरुलाई कारबाहीको दायरामा ल्याई बचत कर्ता र बैंकहरुको कर्जा चाँडै मिलाउने प्रतिवद्धता गर्दछु।