बैतडीमा हजुरबुबाको कुटाइबाट नातीको मृत्यु

काठमाडौं। बैतडीमा हजुरबुबाको कुटाइबाट नातीको मृत्यु भएको छ। जिल्लाको पुर्चौंडी नगरपालिका ६ मुडेलीधारका ५० बर्षीय बाजे गणेश साउँदको कुटाइबाट २ बर्षीय नाती रेशम साउँदको मृत्यु भएको हो। यस्तै ८ बर्षीय नाती रिजन साउँद गम्भीर घाइते भएका छन्।

बिहीबार रेशम र रिजनका आमा र हजुरआमा घाँस गएका काट्न गएका बेला हजुरबुबा गणेश साउँदले उनीहरुमाथि कुटपीट गरेका थिए। बाजेको कुटपीटबाट गम्भीर घाइते भएका रेशमको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए।

यस्तै अर्का बालक रिजनको नवजीवन अस्पताल धनगढीमा आइसियुमा राखेर उपचार भइरहेको छ। उनको अवस्था समेत गम्भीर रहेको प्रहरीले जनाएको छ।