नेपाल टेलिकमको समर अफर सार्वजनिक,यस्ता छन् सुविधाहरू

काठमाडौं। नेपाल टेलिकमले आज (शुक्रबार) देखि लागु हुने गरी समर अफर उपलब्ध गराएको छ।यसमा सेवाग्राहीको रुची र चाहना बमोजिम केही नयाँ प्याकेजसहितका अफरहरू उपलब्ध गराइएको टेलिकमले जनाएको छ।

त्यसैगरी एफटिटिएच, नमस्ते वाइफाई, सियुजीलगायत विभिन्न भ्वाइस तथा डाटा प्याकेजहरूलाई थप आकर्षक बनाएको कम्पनीले बताएको छ।

समर अफर अन्तर्गत उपलब्ध प्याकहरूः

अल टाइम डाटा प्याकअन्तर्गत ५ सय रुपैयाँमा २८ दिनसम्म प्रयोग गर्न सकिने १२ जिबी डाटा प्याक उपलब्ध भइरहेकोमा अब २० जिबी र ८ सय रुपैयाँमा २५ जिबी उपलब्ध भइरहेकोमा अब ३५ जिबी डाटा प्याक उपलब्ध हुनेछ।

प्रिपेड सस्तो कम्बो प्याक अन्तर्गत सस्तो कम्बो २९९ प्याकमा १५० मिनेट अन नेट भ्वाइस कल, २ जिबी डाटा र २० एसएमएसको सुविधा उपलब्ध भइरहेकोमा अब सोही मूल्यमा २ जिबीको सट्टा ४ जिबी डाटा उपलब्ध हुनेछ।

सजिलो अनलिमिटेड ७९९ प्याक अन्तर्गत सबै नेटवर्कमा अनलिमिटेड भ्वाइस कल उपलब्ध हुनेछ।

मेसिन टु मेसिन (एमटुएम) सिमकार्डको प्रयोगलाई प्राथमिकतामा राखी यसका लागि विभिन्न प्याकेजको व्यवस्था गरिएको छ। यसमा ३० दिनसम्म प्रयोग गर्न सकिने विभिन्न दरको प्याकेज उपलब्ध हुनेछ।

 कर्पोरेट वर्गमा लोकप्रिय सियुजी प्याकलाई थप आकर्षक बनाइएको छ।

साथै, अनलिमिटेड डाटा प्याकमा प्रदान गरिंदै आएको फेयर युजेज पोलिसि ९एफयुपी० बमोजिम तोकिएको परिमाण उपभोग पछि लागु हुने थ्रोटलिङ स्पिड लिमिट बढाइएको छ।

समर अफर अन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले*१४१५*१# डायल गर्नुपर्ने छ।

कम्पनीको नेपाल टेलिकमु एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ।

त्यसैगरी कम्पनीको वेबसाइट मार्फत यस सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिने बताइएको छ।