बाढी–पहिरोले तीन वटा राजमार्ग बन्द

फाइल तस्वीर

काठमाडौं। बाढी–पहिरोका कारण ३ वटा राजमार्ग बन्द छन्। १५ वटा सडक एकतर्फी मात्रै सञ्चालन भइरहेका सडक विभागले जनाएको छ।

सडक विभागका अनुसार मेची राजमार्गको केचना–चन्द्रगढी–चारआली–इलाम–फिदिम गणेशचोक–ताप्लेजुङ–ओलाङचुङ्गोला सडक खण्ड अवरूद्ध छ। यो राजमार्ग असारको पहिलो हप्तादेखि नै बन्द छ।

त्यस्तै, तमोर करिडोरअन्तर्गतको चतरा–मूलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक जोड्ने सडक र तानसेन–रिडी–कोरला सडक बन्द छ।

विभागले अहिलेसम्म ९४ वटा सडक अवरूद्ध भएका र त्यसमध्ये ७६ वटा दुवैतर्फ सञ्चालनमा रहेको पनि जानकारी दिएको छ।

काठमाण्डौसँग मुख्य नाका जोडिएको नागढुङ्गा–नौबिसे तथा मुग्लिन नारागणगढ सडकमा केही दिनयता सामान्य रुपमा गाडी चलिरहेका छन्।