प्रहरीले आफ्नो अध्ययन र बुझाईको दायरालाई बृहत बनाउनु पर्छ: कुँवर

फाइल तस्वीर

काठमाडौं। प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले परिवर्तित सन्दर्भमा नेपाल प्रहरीले आफ्नो अध्ययन र बुझाईको दायरालाई बृहत बनाउन जरुरी रहेको बताउनुभएको छ।

सुरक्षाजस्तो संवेदनशील क्षेत्रमा काम गर्नुपर्ने भएकाले नेपाल प्रहरीले कानून, समाज र परिवर्तनका नियमहरुलाई बुझ्नका लागि पनि आफ्नो अध्ययन र बुझाईको दायरालाई बृहत बनाउनुपर्ने आवश्यक्ता रहेको उहाँको तर्क थियो।

शुक्रबार काठमाडौंमा वरिष्ठ प्रहरी उपरीक्षक डा. मनोजकुमार केसीद्वारा लिखित पुस्तक ‘इन्ह्यान्सिङ पोलिसिङ इन नेपालः अ ह्यूमन सेक्युरिटी इन्फम्ड एप्रोज, कन्सेप्ट एण्ड इम्पिलीकेशन’को विमोचन कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक कुँवरले अवको जमानामा लटठी, बन्दुक बोकेर गरिने डूयटीबाट मात्र नेपाल प्रहरीले जस पाउन नसक्ने स्पष्ट पार्नुभयो।

उहाँले द्वन्द्वपछिको संक्रमणकालिन समयमा हुने सुरक्षा समस्या र त्यसको समाधानका लागि वरिष्ठ प्रहरी उपरीक्षक केसीद्वारा लिखित सो पुस्तक उपयोगी हुने विश्वास समेत व्यक्त गर्नुभयो।

प्रहरी महानिरीक्षक कुँवरले सो पुस्तकको अनुकरण र अनुशरणबाट नेपाल प्रहरीको विकास र रुपान्तरणका लागि कोशेढुंगा सावित हुने बताउनुभयो।

कार्यक्रममा पुस्तकका लेखक वरिष्ठ प्रहरी उपरीक्षक केसीले पुस्तक प्रहरी अनुसन्धानको कामलाई थप प्रभावकारी बनाउन सहयोगी हुने धारणा राख्नु भएको थियो।