एकीकृत समाजवादीका अध्यक्ष कार्कीसहित यी नेता एमाले प्रवेश,माधव नेपाल तनावमा

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का तनहुँ जिल्ला अध्यक्ष श्रीराम कार्कीसहितका केही जिल्ला सदस्य नेकपा एमालेमा फर्किएका छन्।

शुक्रबार पार्टी कार्यालयमा एक कार्यक्रम गरि जिल्ला अध्यक्ष कार्की सहित चार जनालाई एमालेमा फर्काएको हो। 

एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ,सचिव एवंम् गण्डकी प्रदेशका ईन्चार्ज गोकर्ण विष्टले उनीहरुलाई पार्टीमा स्वागत गरेका हुन्।

त्यसक्रममा समाजवादी मोर्चाको सिद्धान्त स्पष्ट नभएको र जनताको बहुदलीय जनवाद, मदन भण्डारीको विचारबिना अगाडि बढ्न नसक्ने कार्कीले बताए।

जिल्ला अध्यक्ष कार्कीसहितका नेता गत वैशाखमा भएको उपनिर्वाचनमा एमालेमा फर्किन संवादमा थिए। तर अन्तिम समयमा एमाले फर्कने कार्यक्रम रोकिएको थियो।