स्थानीय तहलाई रिक्त पदको विवरण बुझाउन सामान्य प्रशासन मन्त्रालयको परिपत्र

काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहमा रिक्त पदहरूको विवरण माग गरेको छ ।

निर्वाचन पश्चात् जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, नगरपालिका तथा गाउँपालिकाका प्रमुख, उपप्रमुख र वडाध्यक्षहरूको पद रिक्त भए निर्वाचन आयोग र संघीय मामिला मन्त्रालयलाई बुझाउन परिपत्र गरेको हो ।

मन्त्रालयको संघीय मामिला शाखाका अनुसार विवरण निर्वाचन आयोगमा बुझाएपछि आवश्यकताका आधारमा उपनिर्वाचन गर्ने आयोगको तयारी रहेको छ।

पत्रसहित-