पुस्तकमा आपत्तिजनक प्रश्नोत्तर राखिएको भन्दै अखिल क्रान्तिकारीको काठमाडौंमा विरोध प्रदर्शन

काठमाडौं। लोकसेवा तयारी पुस्तकमा महिलाबारे आपत्तिजनक शब्दसहितको प्रश्नोत्तर राखिएकोमा अखिल(क्रान्तिकारी)केन्द्रीय समितिले आज माइतिघर मण्डलामा विरोध प्रर्दशन तथा कथित पुस्तक जलाउने कार्यक्रम सम्पन्न गरेको छ।

उक्त कार्यक्रमको सञ्चालन अखिल (क्रान्तिकारी)का सचिवालय सदस्य शोभा सेन्चुरीले गर्नुभएको थियो।

विरोध कार्यक्रमा अखिल(क्रान्तिकारी)का केन्द्रीय कार्यलय सदस्य नवराज भट्टले महिला माथि हुने अत्याचार विरुद्ध चुप बस्न नहुने बताउनु भयो।

त्यस्तै साे कार्यक्रमा अखिल (क्रान्तिकारी)की केन्द्रीय सहसंयोजक शिलु न्यौपानेले वैद्धिक अपराध गर्ने राम एक्वाल दास जस्ता जाेकाेही भएपनि यस्ताे कार्य गर्नेलाइ छुट दिन नहुने बताउनुभयाे। उँहाले भन्नु भयाे सर्वजनिक पदमा आसिन रहेका लेखकले पदबाट नैतिकताकाे आधारमा राजिनामा दिएर तत्काल प्रकाश गरेकाे पुस्तक वितरणमा रोक लगाउनु पर्ने र आम रुपमा माफि माग्नु पर्ने बताउनुभयो।

उक्त कार्यक्रममा अखिल(क्रान्तिकारी)का केन्द्रीय सहसंयोजक पेशल दाहाल,सचिवालय सदस्य गोविन्द विष्ट लगायतका विद्यर्थी नेताहरुकाे विरोध प्रर्दशन कार्यक्रममा उपस्थित भएका थिए ।

विद्यर्थीहरूले नारा जुलुस सहित आक्रोसित हुँदै विरोध प्रर्दशन गरेका थिए। उक्त कार्यक्रम पछि उनिहरुले उक्त विरोध सभामा पुस्तक समेत जलाएका थिए।

विधा विकास पब्लिकेसन प्रालि काठमाडाैंद्वरा प्रकाशित उक्त पुस्तकको प्रकाशन तथा वितरण कार्यलाइ पूर्ण रुपमा बन्द गर्न अखिल(क्रान्तिकारी)ले माग गरेको छ।

कथित लेखक श्री राम एक्वल दासले लोकसेवाको गेमस्काउट,वन रक्षक सफलताको साथी पुस्तकमा महिलाबारे आपत्तिजनक शब्द सहितको प्रश्नोत्तर राख्नेलाइ कार्वाही वन तथा वातावरण मन्त्रालयका सार्वजनिक पद धारण गरेका हुदा तत्काल वर्खास्त गर्न सम्बन्धित पक्षसँग माग गरिएकाे छ।  

त्यस्ताे पुस्तक प्रकाशन गर्ने लेखकले सार्वजनिकरूपमा आम माफि माग्नु पर्ने र प्रकाशन वितरण समेत राेक्नु पर्ने नरोके अखिल (क्रान्तिकारी) चुप लागेर नबस्ने केन्द्रीय सहसंयोजक शिलु न्यौपानेले बताउनु भयो।