कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारी बैठक

फाइल तस्वीर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्। उनले आज अपराह्न ४ बजे आफ्नै निवास धुम्बाराहीमा बस्ने गरी पदाधिकारी बैठक बोलाएका हुन्।

केन्द्रीय समिति बैठकका निर्णयको तयारी गर्न सभापति देउवाले पदाधिकारी बैठक बोलाएको उनको सचिवालयले जनाएको छ।

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक साउन २ गते (मंगलबार) देखि पार्टीको केन्द्रीय कार्यालयमा जारी छ। कांग्रेसको केन्द्रीय समिति बैठक भोलि (बुधबार) समापन गर्ने तयारी छ।