महिला विश्वकप फुटबलमा आज अमेरिका र नेदरल्याण्ड्स भिड्ने

काठमाडौं। महिला विश्वकप फुटबलमा बिहीबार साविक विजेता अमेरिकाले नेदरल्याण्ड्ससँग खेल्दैछ।

यो खेललाई सन् २०१९ को महिला विश्वकप फुटबलको फाइनलको रि म्याचको रुपमा हेरिएको छ। त्यतीवेला नेदरल्याण्ड्सलाई २–० ले हराउँदै अमेरिका विश्व च्याम्पियन बनेको थियो।

बिहीबार हुने समुह ‘ई’ को यो खेल जितेको खण्डमा अमेरिका राउण्ड अफ सिक्सटिनमा प्रवेश गर्नेछ। समुहको पहिलो चरणको खेलमा अमेरिकाले भियतनामलाई हराएको थियो भने नेदरल्याण्ड्सले पोर्चुगललाई पराजित गरेको थियो।

बिहीबार हुने अर्को खेलमा भियतनाम र पोर्चुगल भिड्नेछन्। दुबै टोली पहिलो जितको खोजीमा हुनेछन्। समुह ‘बि’ को खेलमा बिहीबार आयोजक अष्ट्रेलियाले अफ्रिकी प्रतिद्धन्दी नाइजेरियाको सामना गर्नेछ।

यसअघि का खेलहरुमा विजयी हुँदै जापान र स्पेन नक आउट चरणमा प्रवेश गरेका छन्। समुहको दोस्रो खेलमा जापानले कोष्टारिकालाई २–० ले हराउँदा स्पेनले जाम्बीयामाथि ५–० को जित निकाल्यो।