अधिवक्ता भगवती पाण्डे ‘शीतल’ पक्राउ

काठमाडौं। तामाङ र मगर समुदायको विषयमा विवादास्पद अभिव्यक्ति दिने अधिवक्ता भगवती पाण्डे ‘शीतल’ पक्राउ परेकी छन्।

केही समयअघि तामाङ, मगर समुदायमा दाजु बहिनीबीच विवाह हुने भन्दै एक टेलिभिजन कार्यक्रममा अभिव्यक्ति दिएका उनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो।

तामाङ, मगर समुदायका व्यक्तिहरुले उजुरी दिएको आधारमा उनलाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ।

अधिवक्ताजस्तो जिम्मेवार व्यक्तिले त्यस्तो अभिव्यक्ति दिएको भन्दै पाण्डेलाई पक्राउ गरेर कारबाही गर्नुपर्ने माग राख्दै बुधबार उनीविरुद्ध काठमाडौंमा प्रदर्शन गरिएको थियो।

प्रदर्शनीका क्रममा दुई दर्जनभन्दा बढी प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ।