आलु–प्याजमा लगाईएको भ्याट खारेजीको माग गर्दै सर्वोच्चमा मुद्दा दर्ता

काठमाडौं। आलु प्याजमा लगाईएको भ्याट खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। अधिवक्ता शैलेन्द्र उप्रेती, सिर्जना अधिकारी लगायतले सर्वोच्चमा रिट दर्ता गरेका हुन्।

रिटमा आलु प्याजमा कुनै पनि कर नलगाउनको लागि माग गरिएको छ। आर्थिक ऐन २०८० ले आलु प्याजमा भ्याट लगाउने व्यवस्था गरेकोले सो व्यवस्था लागु नगर्न नगराउनको लागि अन्तरिम आदेशको माग गरिएको छ।

रिटमा अर्थ मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय र आन्तरिक राजश्व विभागलाई विपक्षी बनाईएको छ। यस मुद्दाको पेशी साउन १९ गतेको लागि तोकिएको छ।