प्रहरी चारित्रिक प्रमाणपत्रलाई पूर्ण रुपमा अनलाइन बनाइँदै

काठमाडौं। परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभागले आइतबारबाट प्रहरी चारित्रिक प्रमाणपत्रलाई पूर्णरुपमा अनलाइन माध्यमबाट प्रमाणीकरण गर्ने भएको छ।

केही दिन अघि परराष्ट्रमन्त्री एनपी साउदले कन्सुलर सेवा विभागलाई उक्त निर्देशन दिएका थिए। यसको यसको आगामी आइतबार परराष्ट्रमन्त्रीले त्रिपुरेश्वस्थित कन्सुलर सेवा विभागको कार्यालयमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ।