कांग्रेस सांसद सुनील शर्मा पक्राउ

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका सांसद डा. सुनील शर्मा नक्कली सर्टिफेकेट प्रकरणमा शर्मालाइ पक्राउ परेका छन् ।

बिहीबार काठमाडौंको गोल्फुटारस्थित निवासबाट उनलाई पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जनाएकाे छ। 

प्रहरीले डा.शर्मा पक्राउ पर्नुको कारण खुलाएको छैन। मोरङ ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद शर्मालाई के विषयमा अनुसन्धानका लागि पक्राउ गरिएको हो भन्ने प्रहरीले खुलाएको छैन। 

केही समयअघि गृहमन्त्री र अर्थमन्त्रीको राजीनामासमेत मागेका शर्माले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको आवश्यक रहेको बताउँदै आएका थिए।

नक्कली सर्टिफेकेट प्रकरणमा शर्मालाइ पक्राउ गरिएको काँग्रेस केन्द्रीय सदस्य अजयबाबु सिबाकोटीले जनाएका छन्।