शिक्षा विधेयकविरूद्ध निजी विद्यालय सञ्चालकको विरोध प्रदर्शन

काठमाडौं । शिक्षा विधेयकविरूद्ध निजी विद्यालय सञ्चालकहरु विरोध प्रदर्शनमा उत्रिएका छन्। शिक्षा विधेयकमा कम्पनी अन्तर्गत रहेका विद्यालयहरू ५ वर्षभित्र गुठी अन्तर्गत सञ्चालन गर्नुपर्ने र त्यस्ता विद्यालय गैरनाफामूलक हुने उल्लेख छ।

यो व्यवस्थामा निजी विद्यालय सञ्चालकहरूले आपत्ति जनाएका छन्। सरकारले २०५८ सालमा शैक्षिक प्रतिष्ठानबाट चलिरहेका विद्यालयलाई कम्पनी, गुठी वा सहकारीमध्ये एक प्रावधानमा रहने गरी रोज्न भनेको थियो।

त्यसबेला निजी विद्यालय कम्पनीमा दर्ता भएका थिए। कम्पनीमा दर्ता भएका ती विद्यालय शिक्षा विधेयक अनुसार अब गुठी अन्तर्गत चलाउने प्रस्ताव भएपछि विरोध भएको हो।

निजी विद्यालयको अस्तित्व नै नामेट हुने गरी सरकारले विधेयक ल्याएको आरोप निजी विद्यालय सञ्चालकहरूको छ। प्याब्सन, नेसनल प्याब्सन र हिसानले माइतीघर मण्डलमा विभिन्न प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन्।

विधेयक कसले र कसका लागि बनायौ। उच्च शिक्षा त ध्वस्त भयो अब के विद्यालय शिक्षा पनि सक्ने हो रु जवाफ देऊ सरकार, नियोजनामुखी विधेयक तत्काल खारेज गर, रेमिट्यान्सले राज्य चलाउनु पर्ने तर सीप र प्रविधि सिकाउन निजी क्षेत्रलाई बन्देज गर्नेु लगायत माग राखेर प्रदर्शन उत्रिएका हुन्।