राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच शीतलनिवासमा भेटवार्ता

फाइल तस्वीर

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेटवार्ता गरेका छन्।

राष्ट्रपति पौडेलका प्रेस सल्लाहाकार किरण पोखरेलले दिएको जानकारीअनुसार राष्ट्रपति पौडेललाई भेट्न प्रधानमन्त्री प्रचण्ड शीतलनिवास पुगेका हुन्।

भेटमा प्रधानमन्त्री प्रचण्डले आफ्नो इटाली भ्रमणलगायत समसामयिक राजनीतिक विषयमा जानकारी गराएका थिए।