नक्कली शैक्षिक प्रमाणपत्र प्रकरण: पक्राउ पर्नेको संख्या ८ पुग्यो

काठमाडौं। नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र बनाएर चिकित्सक बनेको आरोपमा थप एक चिकित्सक पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उनलाई शुक्रबार काठकाडौँबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा डा पुनम थापा रहेको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

नक्कली शैक्षिक प्रमाणपत्र बनाउनेविरुद्ध ब्यूरोले अपरेसन थालेको छ। प्रमाणपत्र कीर्ते प्रकरणमा थापासहित पक्राउ पर्नेको सङ्ख्या आठ पुगेको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले जनाएको छ। यसअघि कांग्रेसका सांसद सुनील शर्मासहित सात जनालाई पक्राउ गरिसकेको प्रहरीले जनाएको छ।