माधव नेपाललाई फेरी लाग्यो झट्का

फाइल तस्वीर

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) पार्टीकी वैकल्पिक केन्द्रीय सदस्य कमला तुलाधर नेकपा (एमाले)मा प्रवेश गरेपछि अध्यक्ष माधव नेपाललाई झट्का लागेको छ।

आज बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओली निवास पुगेर उनी एमाले प्रवेश गरेकी हुन् । ललितपुर निवासी तुलाधर नेकपा एस स्थापनासँगै वैकल्पिक केन्द्रीय सदस्य बनेकी थिइन्।

पार्टी प्रवेश कार्यक्रममा बाबुराम थापालगायत एमाले ललितपुरका नेताहरुको उपस्थित रहेको थियो।