शेयर बजार दोहोरो अंकले गिरावट

काठमाडौं । शेयर बजारमा बुधबार पनि दोहोरो अंकको गिरावट जारी रह्यो।उतार चढावबीच बजार परिसूचक २० अंकले ओरालो लागेर २ हजार २५ मा आएर थामियो ।

सबै समूह राताम्मे रहँदा कारोबार डेढ अर्ब हाराहारीमै खुम्चियो। जलविद्युत समूहमा सबैभन्दा उच्च २ प्रतिशत बराबरको गिरावट आयो ।

बाँकी पनि अधिकांश समूहमा १ प्रतिशतमाथिको गिरावट आयो। यसदिन नेपाल स्टक एक्सचेन्जमा २ सय ६९ कम्पनीको ४८ लाख ३८ हजार कित्ता शेयर १ अर्ब ६८ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ।

यसदिन १ सय ८५ कम्पनीको शेयरमूल्य घट्दा जम्मा ३४ कम्पनीको बढ्यो। यसदिन माउण्टेन हाइड्रो, स्वेतगंगा हाइड्रो र धौलागिरी लघुवित्तका लगानीकर्ताले सबैभन्दा उच्च ८ प्रतिशत हाराहारीमा गुमाए।