सुन प्रकरण: थप चार चिनियाँ नागरिक पक्राउ

फाइल तस्बिर

काठमाडौं । सुन तस्करीमा संलग्न रहेको आशंकामा प्रहरीले थप चार जना चिनियाँ नागरिकलाई काठमाडौंबाट पक्राउ गरेको छ।

सुन तस्करीमा संलग्न रहेको देखिएपछि चार जना चिनियाँ नागरिकलाई पक्राउ गरी थप अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट बुधबार म्याद थप गरिएको प्रहरीले जनाएको छ।

सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ पर्ने चिनियाँ नागरिक ली नेङ्गकाय, वीन तङ, तियान मी र डिङ्ग सेग्फा रहेको बताइएको छ।

राजस्व अनुसन्धान विभागले साउन २ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्कुटरको ब्रेक सूमा लुकाएर ल्याएको सुन बरामद गरेको थियो। उक्त सुनको परिमाण ६० किलो ७१६ ग्राम छ।