भोलि सार्वजनिक विदा

काठमाडौं। सुदूरपश्चिम प्रदेश सरकारले भोलि भदौ १ गते सार्वजनिक विदा दिने भएको छ।
ओल्के पर्वको अवसरमा प्रदेश सरकारले भोलि (शुक्रबार) सार्वजनिक विदा दिएको हो। सुदूरपश्चिममा भदौ १ गते ओल्के पर्व मनाउने गरिन्छ।

साउने झरी लगत्तै दैवी प्रकोपबाट बाँचिएको खुशीयालीमा सुदूरपश्चिमका पहाडी जिल्लामा ओल्के पर्व मनाउने चलन छ । ओल्के भन्नाले ‘उपहार’ वा ‘कोसेली’ भन्ने बुझिन्छ।

यो पर्व कुनै धार्मिक वा पौराणिक उत्प्रेरणाबाट नभई यस भोगका बासिन्दाको मौलिक पर्वका रुपमा रहिआएको छ।