बझाङको खिराताडी केन्द्रविन्दू भएर भूकम्प

काठमाडौं। बझाङको खिराताडी केन्द्रविन्दू भएर भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार बेलुका ९ बजेर १३ मिनेटमा बझाङ खिराताडी आसपास केन्द्रविन्दू भएर ३.९ रेक्टरस्केलको भूकम्प गएको हो।

यसअघि गत साउन ३ गते विहान ९ बजेर ५३ मिनेटमा कास्कीको मिर्सा आसपास केन्द्रविन्दू भएर ४ रेक्टरस्केलको भूकम्प गएको थियो ।

सूदुरपश्चिममा बेलाबेला भूकम्प जाने क्रम जारी छ।