साफ यू–१६ च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा

काठमाडौं । साफ यू–१६ च्याम्पियनसिप २०२३ का लागि नेपाली यू–१६ राष्ट्रिय टोलीको घोषणा गरिएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार २३ सदस्यीय टोलीको घोषणा गरेको हो।

टोलीमा तीन गोलरक्षक,८ डिफेन्डर, ८ मिडफिल्डर र ४ स्ट्राइकर रहेका छन्। घोषणा गरिएको टोलीको गोलकिपरमा विषेश बानियाँ,पेम्बा नुर्बु भोटे,भक्तबहादुर परियार समेटिएका छन्।

यस्तै,डिफेन्डरमा एकराज विश्वकर्मा,किशन थापा,अरबिन्दकुमार धामी, भुवन कामी, प्रशान्त मोक्तान, निशानराज लवट, किशोरकुमार दनुवार र सरन एस।के लाई समेटिएको छ।

मिडफिल्डको जिम्मा सुजल स्याङ्तान,राम थामी,पेम्बा तामाङ,गणेश पुलामी मगर, विनायक थारु, सुवास बम, लक्ष्मण थामी र दिलन लिम्बुले सम्हाल्नेछन्।

फरवार्डको जिम्मेवारी सन्तोष गोंगबा,रोहित श्रेष्ठ, हिमेश माझी र दर्शन अधिकारीलाई दिइएको छ। नेपाली टोलीले भुटानमा सेप्टेम्बर १ देखि १० सम्म आयोजना हुने साफ यू–१६ च्याम्पियनसिप २०२३ मा सहभागिता जनाउनेछ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ए मा भारत,नेपाल र बंगलादेश रहेका छन्।

समूह बि मा भुटान,माल्दिभ्स र पाकिस्तान रहेका छन्।