सुनचाँदीको मूल्य बढ्यो,कतिमा हुँदैछ कारोबार ?

काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। सुन आज तोलामा दुई सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख १० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।

सुन हिजो प्रतितोला एक लाख १० हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा २५ सय रुपैयाँ बढ्दै प्रतितोला एक हजार चार सय १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।