आज नेप्सेमा सामान्य सुधार

काठमाडौं । साताको कारोबारको दोस्रो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज सामान्य अंकले बढेको छ। आज नेप्से ५.०९ अंकले बढेर एक हजार ९ सय ९८ दशमलब ४८ विन्दुमा बन्द भएको हो।

परिसूचक बढेपनि आज एक अर्ब भन्दा कमको मात्र कारोबार भएको छ। आज ९८ करोड ८६ लाख २८ हजार रुपयाँ बराबरको कारोबार भएको छ।

आज कारोबार भएका ११८ कम्पनीको शेयरमूल्य बढेको छ भने ९७ कम्पनीको शेयरमूल्य घटेको छ। १२ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ। जसमा कुथेली बुखेरी स्मल हाइड्रोपावर कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ८४८.३० रुपैयाँ पुगेको छ।

आज स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य पनि ४.३८ प्रतिशतले घटेको छ। अघिल्लो कारोबारमा कमाएका यो कम्पनी लगानीकर्ताहरुले आज सर्वाधिक गुमाएका छन्।

नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी लक्ष्मी सनराइज बैंक लिमिटेडको ७ करोड ३१ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ।