कम्युनिष्टहरु एक ठाउँमा आउनैपर्छ: महासचिव विप्लव

फाइल तस्वीर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले प्रगतिशीलहरु, कम्युनिस्टहरु एक ठाउँमा आउनैपर्ने बताउनुभएको छ।

सोमबार काठमाडौंमा नेकपाले आयोजना गरेको कार्यक्रममा पार्टीका महासचिव विप्लवले परिस्थितिले पनि प्रगतिशीलहरु,कम्युनिस्टहरु एक ठाउँमा आउनैपर्ने बताउनुभएको हो।

विप्लवले देशलाई हृदयदेखि माया गर्नेहरु एक हुनुपर्ने बताउनुभयो। उहाँले प्रगतिशील शक्तीसँग मिले मात्रै देशको विकास हुने बताउनुभयो। उहाँले एमसीसी केवल आर्थिक प्रोजेक्ट मात्र नभई सैन्य मोर्चा रहेको बताउनुभयो।

महासचिव विप्लवले नेपालमा राजनितिक अन्तरविरोध फेरीएको भन्दै नेपाली जनताको मुख्य लडाई अमेरीकी साम्राज्यवाद विरुद्ध रहेको बताउनुभयो। व्यक्तिगत स्वार्थलाई प्रधान ठान्ने प्रवृत्तिले देश र जनताको पक्षमा नसोच्ने बताउनुभयो।