नेपालले कोदो उत्पादन बढाउनुपर्छ: कृषिमन्त्री भुसाल

काठमाडौं। कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले नेपालले कोदो उत्पादन बढाउनुपर्ने बताउनुभएको छ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले नेपालको पहाडी भूभाग कोदो उत्पादनका लागि उर्वर रहेको भन्दै कोदो उत्पादन गरी विदेशमा निर्यात गर्नसक्नुपर्ने बताए।

उनले बाँदर आतंकबाट पनि अन्य अन्नबालीको तुलनामा कोदोलाई कम क्षति हुने भएकाले कोदोको उत्पादन गर्न आग्रह गरे। उनले सरकारले पनि कोदो उत्पादनलाई बढावा दिनेगरी काम गरिरहेको उल्लेख गरे।

उनले कोदो स्वास्थ्यका लागि लाभदायी रहेको उल्लेख गरे। उनले समाजमा खानपानमा आएको परिवर्तनसँगै अस्वस्थताको कमी हुँदै गइरहेको समयमा प्राकृतिक कृषितर्फ र प्राकृतिक खानपानतर्फ मानिसहरुले रुचि राखिरहेको बताए।

खाद्यान्न वृद्धि गर्ने नेपालको अभियानलाई अगाडि बढाउन कोदो उत्पादन मुख्य सावित हुनसक्ने बताए। जलवायु परिवर्तनको क्षेत्रमा आएको विश्वव्यापी परिवर्तनले खाद्यान्न उत्पादनको जोखिम आएको बताए।

उनले भने, ‘केही दशकअघिसम्म आम नेपाली जनतको खाद्य सुरक्षा र पोषणको एउटा प्रमुख श्रोतका रुपमा कोदो रहेको थियो। म आफैँ सानोमा कोदो रोपेको छु,धेरै प्रकार खाएको छु।

अहिले क्रमशः घट्दै गएको छ। त्यसलाई फेरि हामीले क्रमशः पुनःस्थापना गर्न खोज्दैछौँ। समाजमा खानपानमा जुन खालको परिवर्तन आयो।