कृषि विकास बैंकको‘भर्जन एडिबिएल स्मार्ट प्लस’ मोबाइल बैङ्किङ सेवा सुरु

काठमाडौं ।कृषि विकास बैंकले मोबाइल बैकिङ सिस्टममा अपग्रेड गरेको छ। डिजिटल एडिबिएल भन्ने नाराका साथ बैंकले विद्युतीय माध्यमबाट हुने कारोबारलाई प्राथमिकता साथ सञ्चालन तथा परिमार्जन गरिरहेको छ।

यस बैंकको मोबाइल बैङ्किङ सेवा प्रयोगकर्ताहरूको कारोबारको सुरक्षा तथा थप सेवा उपयोग गर्न सरल र सहज गर्न मोबाइल बैंकिङको नयाँ भर्जन ल्याएको हो।

बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङका अनुसार ‘भर्जन एडिबिएल स्मार्ट प्लस’ मोबाइल बैंकिङमा विभिन्न सुविधाहरू रहने छन्।

जसमा मोबाइल बैंकिङको युजर पासवर्ड प्रयोग गरी वेबबाट लगइन गर्न सकिने र यसरी लगइन गर्दा इन्टरनेट बैङ्किङ सेवा सरहको भुक्तानी सीमा कायम हुनेछ।

त्यस्तै, बैंकले उपलब्ध गराएका डेबिट कार्ड, मुद्दती खाता, व्यक्तिगत कर्जा लगायतका सेवाहरूको ब्याजदर, कारोबार रकम तथा मेच्युअरिटी डेट हेर्न सकिने, विभिन्न वालेटहरूमा ब्यालेन्स लोड गरी कारोबार गर्न सकिने,डेबिट कार्डको पिन बिर्सेमा पुनः अनुरोध गर्न सकिने, चेक बुक तथा बैंक विवरण अनुरोध गर्न सकिने र बचत खातामा भएको रकमबाट मुद्दती खाता खोल्न सकिने लगायत सुविधाहरू यसमा रहेका छन्।