नेपाल पेनाल्टीमा चुक्दा म्यानमारसँग बराबरीमा रोकियो

काठमाडौं। पेनाल्टीमा चुक्दा नेपाल मैत्रीपूर्ण फुटबलमा म्यानमारसँग गोलरहित बराबरीमा रोकिएको छ। फिफा फ्रेन्डली अन्तर्गत म्यानमारमा भएको खेलको ५८ औं मिनेटमा नेपालले पाएको पेनाल्टी म्यानमारका गोलकिपर क्यान सजिन फियोले रोके।

नेपालका लागि अञ्जन विष्टले पेनाल्टीलाई गोलमा परिणत गर्न सकेनन्। पेनाल्टी बक्स भित्र म्यानमारका डिफेन्डरले बल रोक्दा ह्यान्ड बल भए पछि नेपालले पेनाल्टीको मौका पाएको थियो।

पहिलो हाफमा दुवै टिमले केही मौका बनाए पनि दुवै टिमले गोल गर्न सकेका थिएनन्।फिफा वरीयतामा आफूभन्दा १५ स्थान माथिको म्यानमारसँग यसभन्दा अघि नेपालले २ खेल खेल्दै दुवै खेलमा हार बेहोरेको थियो।

नेपाल फिफ वरीयतामा १७५ औं स्थानमा छ भने म्यानमार १६० औं स्थानमा छ। नेपालले दोस्रो खेल सोमबार खेल्नेछ।