धनगढीको कैलाली बहुमुखी क्याम्पसमा आगलागी

सांकेतिक तस्वीर

काठमाडौं। कैलालीको धनगढीस्थित कैलाली बहुमुखी क्याम्पसमा आगलागी भएको छ। शुक्रबार राति ८ बजे क्याम्पसको ‘बी ब्लक’मा आगलागी भएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार ‘बी ब्लक’को सिढीमुनि रहेको बिजुलीको तार सट भइ आगलागी भएको हो।

आगलागीबाट मेन स्वीच र मिटर जलेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्र कार्कीले बताए। आगलागीबाट अन्य क्षति भने हुनबाट जोगिएको छ।